महत्त्वपूर्ण:

सूचना: कन्सुलर बिनिमयदर नियमित चलिआएको दरको आधारमा संशोधन गरिन्छ ।  भुक्तानी गर्नु अघि कृपया आफ्नो डिपोजीट पृष्टमा देखिएको भिसा शुल्क हालको भिसा शुल्क पृष्टको क्युलर बिनिमयदरसँग मेल खाए वा नखाएको हेर्नुहोस् ।


भिसा नवीकरण: मिति १५ जून, २०१९ बाट लागू हुने गरी C (C1, C2 र C3), C1/D र D प्रकारका भिसाहरु, भिसा अन्तर्वाता छुट कार्यक्रमको लागि योग्य हुने छैनन्। यी भिसाका आवेदकहरूले भिसा अन्तर्वाताको लागि मिति चयन गरी अमेरिकी दुतावास, काठमाडौंमा भिसा अन्तर्वाताको लागि उपस्थित हुनु पर्नेछ।


जून 26, 2018 मा, अमेरिकी सुप्रीम कोर्टले एक निर्णय जारी गरे जसले राष्ट्रपति पद संहिता 9645 (पी.पी.) को निरन्तर कार्यान्वयन गर्न अनुमति दिन्छ। ईरान, लिबिया, उत्तर कोरिया, सोमालिया, सीरिया, यमन र भेनेजुएला जस्ता केही राष्ट्रहरू प्रतिबन्ध र सीमाको अधीनमा छन्। यस लिङ्कमा थप जानकारी उपलब्ध छ I


फोटो आवश्यकताहरु: नोभ्मबर 1, 2016 देखि लागू हुने गरी चस्मा लगाएर खिचाएको फोटो भिसाको लागि मान्य हुने छैन। फोटो सम्बन्धि अधिक जानकारीका लागि यँहा जानु होस् : #


ध्यान दिनुहोस: 10 वर्ष को B1, B2 वा B1/B2 भिसा भएका चीन  गणतन्त्रका चिनीया नागरिकहरु 

मिति 29 नोभेम्बर, 2016 देखि, 10 वर्ष को B1, B2 वा B1/B2 भिसा भएका चीन गणतन्त्रको राहदानी भएका चिनीया नागरिकहरुले संयुक्त राज्य अमेरिकामा यात्रा गर्नु अघि इलेक्ट्रनिक भिषा अपडेट प्रणाली (EVUS) मार्फत भिसा आवेदन देखि आफ्नो जीवनसँग सम्बन्धित र अन्य नँया जानकारी अद्यावधिक गर्न आवश्यक छ । यो अद्यावधिक हरेक दुई वर्षमा गर्न आवश्क छ , वा नयाँ राहदानी प्राप्त गरे पछि वा नँया B1, B2 वा B1/B2 भिसा, जुन  पहिलो हुन्छ त्यसैसाथ EVUS दर्ता  www.EVUS.gov मा उपलब्ध छ। EVUS मा  दर्ता  को लागि हाल कुनै शुल्क लाग्दैन । शुल्क  लागू हुने कुरा कार्यान्वयन  नभएसम्म, यात्रीहरुले नि:शुल्क EVUS दर्ता गर्न सक्नुहुन्छ। मातृभूमि सुरक्षा विभाग, भन्सार र सीमा सुरक्षा विभाग (CBP) ले भिसा धारकहरूलार्इ नयाँ जानकारी को जानकारी www.cbp.gov/EVUS बाट पाउनेछ ।

自2016年11月29日起,所有持中華人民共和國護照和10年期B1、B2或B1/B2簽證的中國公民赴美前,必須通過簽證更新電子系統(EVUS)更新與簽證申請有關的個人信息和其它信息。此更新須每兩年進行一次,或者在獲得新護照或新的B1、B2或B1/B2簽證時進行更新,以先到期者為準。EVUS登記網站為www.EVUS.gov。目前EVUS登記不收費。在實施收費規定之前,旅客可免費進行登記。美國國土安全部海關和邊境保護局(CBP)将通過網站www.cbp.gov/EVUS向簽證持有人公布最新信息。


VWP आवेदकहरु : यदि तपाईं  भिषा छूट कार्यक्रमको नागरिकको  साझेदार हुनुहुन्छ तर अमेरिका यात्रा गर्न असमर्थ हुनु भएको भए  , तपाईंले गैर आप्रवासी भिसाको लागि आफूले यात्रा गर्न चाहनुभएको मिति भन्दा तीन महीना अगावै आवेदन गर्नुपर्छ। तपाईंको यात्रा नियोजित नभएको खण्डमा, तपाईंले गैर आप्रवासी भिसाको आवेदन शुल्क तिर्नु पर्छ, ceac.state.gov/genniv/ साइटमा  DS-160 गैर आप्रवासी भिसा आवेदन फारम भर्नु पर्छ  र  भिसा अन्तर्वाताको मिति लिनुपर्छ । यदि तपाईंको यात्रा नियोजित हो भने, तपाईंले भिसा अन्तर्वाताको मिति अगाडी सार्नका लागि अनुरोध गर्न सक्नु हुनेछ। कृपया तपाईंको  यस्तो अनुरोधसँग आफ्नो यात्राको मिति र उद्देश्यका साथै आफूले आफ्नो ESTA स्थिति सन्दर्भमा अमेरिकी भन्सार र सीमा सुरक्षाबाट पाउनुभएको सन्देश पनि समावेश गर्नुहोस्। 

भिषा छूट कार्यक्रम अन्तर्गत यात्रा गर्न प्रतिबन्ध बारेमा र इलेक्ट्रोनिक राहदानीको लागि आवश्यकता थप जानकारी यँहा पार्इन्छ,
#

Mount Rushmore - South Dakota

नेपालका लागि अमेरिकी भिसा सूचना सेवामा स्वागत छ। यस साइटमा अमेरिकी आप्रवासी र गैर आप्रवासी भिसा बारे तथा भिसा आवेदन सम्बन्धि आवश्यक जानकारी उपलब्ध छ। तपाईँले आफ्नो भिसा शुल्क कसरी तिर्ने र अमेरिकी दूतावास काठमाडौं, नेपालमा भिसा अन्तर्वाताका लागि मिति तय गर्ने सम्बन्धि जानकारी पनि पाउनु हुनेछ।

यो नेपालमा अमेरिकी मिशन को आधिकारिक भिषा जानकारी वेबसाइट हो।

गैर-आप्रवासी भिसासम्बन्धी जानकारी


गैर आप्रवासी भिसा आवेदन


आप्रवासी भिसा जानकारी

http://m.juhua247632.cn|http://wap.juhua247632.cn|http://www.juhua247632.cn||http://juhua247632.cn